हिमालयन रि इन्स्याेरेन्सकाे सिईओमा उपासना पाैडेल नियुक्त

१४ आश्विन २०८०, आईतवार १४:४५

काठमाडाैं । हिमालयन रि इन्स्याेरेन्स कम्पनीकाे सिईओमा उपासना पाैडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिले पाैडेललाइ सिईओमा नियुक्त गरेकाे हाे ।

पाैडेलसँग यसअघि युनाइटेड इन्स्याेरेन्स कम्पनीमा सिईओ भएर काम गरिसकेकाे अनुभव रहेकाे छ । यसअघि उपासना पाैडेल साेही कम्पनीकाे डेपुटी सिइओमा कार्यरत थिईन । पौडेल गत वर्षको मंसिर १३ गतेदेखि हिमालयन रि इन्स्योरेन्स कम्पनीको डेपुपटी सिईओमा आबद्ध भएकी थिईन् ।

करिब चार वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल पुनर्बीमा क्षेत्रमा प्रवेश गरेकी छिन् । यसअघि उनी युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् ।

२०७८ बैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघिनै राजिनामा गरेर हिमालयन रिमा डेपुटी सिईओ बनेकी थिईन । ३५ वर्षको उमेरमा नै सिइओको भूमिका निर्वाह गरेकि उपासना हाल दोसो ठूलो पुनर्बीमा कम्पनीमा हिमालयन रिको सिईओ नियुक्त भएकी हुन् ।

विगत एक दशक बढी समयको कार्यानुभव बटुलेकी पौडेलले दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबिएसम्मको अध्ययन पुरा गरेकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*