गार्डियन माइक्रो लाइफको नयाँ उपशाखा नुवाकोटमा विस्तार

१४ आश्विन २०८०, आईतवार १८:४८

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ उपशाखा नुवाकोटमा विस्तार भएको छ । कम्पनीले ग्रामीण भेगका स्थानीयलाई समेट्ने गरि जीवन बीमा सेवा प्रदान गर्न नुवाकोटको बट्टारमा शनिवार नयाँ उपशाखा सञ्चालनमा ल्याएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रदेश सभासद रमेश महत, उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठको सहभागितामा रिबन काटेर उद्घाटन गरिएको हो ।

कार्यक्रममा सीईओ भण्डारीले बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए । उक्त उपशाखाबाट समेत कम्पनीबाट दिइने सम्पूर्ण सेवाहरु उपलब्ध हुने भण्डारीले बताए । उनका अनुसार हाललाई नुवाकोटमा उपशाखा सञ्चालनमा ल्याएका छ, नेपालगञ्जमा पनि शाखा विस्तार गरिसकेका छौं अब छिट्टै औपचारिक उद्घाटन गरि व्यवसाय शुरु गरिने छ ।

मेयर श्रेष्ठले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको उपशाखा बिदुर नगरपालिकामा विस्तार गर्दा सो क्षेत्रका स्थानीयले स–सानो रकम जम्मा गरि बीमा गर्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बिदुर नगरपालिकाका स्थानीयहरुको समेत उपस्थिति रहेको थियो । बीमाको पहुँच नपुगेको क्षेत्रलाई केन्द्रीत गर्दै शाखा विस्तार गर्दै लैजाने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*