बीमा क्षेत्रकैै पहिलो महिला उपासनालाई हिमालयन रि’को सिईओ बन्न प्राधिकरणको स्वीकृति

१६ आश्विन २०८०, मंगलवार १५:३२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले उपासना पौडेललाई हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न स्वीकृति दिएको छ । बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीको सिईओको लागि उनलाई नियुक्त गर्न स्वीकृती प्रदान गरेको हो । नेपाली बीमा क्षेत्रमा उनीमात्रै पहिलो महिला सिईओ हुन् । यसअघि उनी युनाईटेड इन्स्योरेन्स कम्पनीमा सिईओ कै रुपमा कार्यरत थिईन् ।

प्राधिकरणले कम्पनीबाट पत्र पाएको दुई दिन अर्थात सोमबार (असोज १५ गते) नै पौडेललाई कम्पनीको सीईओ बन्न स्वीकृति दिएको हो ।यसअघि उनी डीसीईओको रुपमा कार्यरत थिइन् ।

करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल गत २०७९ मंसिरमा पुनर्बीमा क्षेत्र अर्थात हिमालयन रिमा डीसीईओको रुपमा प्रवेश गरेकी हुन् । त्यसअघि उनी तत्कालिन युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् ।

नेपाल सरकारको समेत लगानीमा स्थापना भएको नेपाल रि– इन्स्योरेन्सपछि पुनर्बीमा क्षेत्रमा निजी लगानीमा पहिलोपटक हिमालयन रि-इन्स्योरेन्स सञ्चालनमा आएको थियो । १० अर्ब चुक्ता पूँजीको कम्पनीले तीन अर्ब रुपैयाँ प्राथमिक निस्कासन (आईपीओ)मार्फत जुटाउँदै छ । कम्पनीमा नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरुको लगानी रहेको छ ।

हिमालयन रिमा डेपुटी सिईओका रुपमा भित्रनुअघि उनी युनाइटेड इन्स्योरेन्स कम्पनीकी सीईओ थिइन् । उनी सम्भवतः नेपालका बैंक तथा बीमा कम्पनीहरुमा सबैभन्दा कम उमेरकी सीईओ हुन् । ३४ वर्षमा युनाइटेड इन्स्योरेन्सको सीईओ हुँदा पनि उनी सबैभन्दा कम उमेरकै थिइन् ।

त्यति मात्रै होइन, नेपाली बीमा क्षेत्रको पहिलो महिला सीईओ पनि उनै हुन् । डिसेम्बर २०१९ मा उनी युनाइटेड इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रवेश गरेकी उनले अप्रिल २०२१ मा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी थिइन् । अप्रिल २०२१ देखि नोभेम्बर २०२२ सम्म उनले युनाइेट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेकी थिइन् ।

भारतमा उच्च शिक्षा हासिल गरेको उपासनाले बीमा करिअरको सुरुवात पनि त्यहीँबाट गरेकी हुन् । उनले भारतको भारती एएक्सए जनरल इन्स्योरेन्समा सिनियर हेडका रुपमा काम गरेकी थिइन् । त्यस्तै, आईसीआईसीआई लम्बर्ड जनरल इन्स्योरेन्स कम्पनीमा पनि उनले सिनियर मार्केटिङ म्यानेजरको रुपमा काम गरिन् । त्यसबीचमा उनले टेलिकम कम्पनी भोडाफोनमा सिनियर म्यानेजरका रुपमा तीन वर्ष भूमिका निर्वाह गरिन् ।
नेपालमा भने उनले सानिमा जनरल इन्स्योरेन्समा असिस्टेन्ट जनरल म्यानेजरको रुपमा काा सुरु गरेकी थिइन् ।

भारतका प्रतिष्ठित कम्पनीहरुमा काम गरिसकेको भए पनि नेपालमा नै थप करिअर अघि बढाउने सोचले स्वदेश फर्किएको उनी बताउँछिन् । सानिमामा २०१८ अगस्टदेखि २०१९ अक्टोबरसम्म काम गरेपछि उनी युनाइटेडमा जोडिएकी थिइन् ।

जनरल इन्स्यारेन्समा काम गरेपछि प्रोफेसनलहरुको अगाडिको लक्ष्य पुनर्बीमा नै हुने भएकोले आफूले हिमालयन रि–इन्स्योरेन्स रोजेको उनले बताइन् । पुनर्बीमा कम्पनी पनि नेपालीले नै व्यवस्थापकीय नेतृत्व गर्छ सक्छन् र त्यो क्षमता आफूमा देखेर नै नै कम्पनीले उक्त जिम्मेवारी दिएको उनको अनुभव छ ।

One thought on “बीमा क्षेत्रकैै पहिलो महिला उपासनालाई हिमालयन रि’को सिईओ बन्न प्राधिकरणको स्वीकृति

  1. सबिता झा खनाल says:

    महिला लाई दियेकोमाँ मलाई
    अत्ती नई राम्रो कूरा हो । अनी उपासना जी यस को लागीं हजुर लाई बधाई छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*