माइक्रो लाइफ इन्स्योरेन्सले भदौ मसान्तसम्ममा आर्जन गरे करिव साढे १३ लाख बीमाशुल्क, कुनले कति ? (तथ्यांकसहित)

१७ आश्विन २०८०, बुधबार १७:१०

काठमाडौं । हाल सञ्चालनमा रहेका दुई माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले करिव साढे १३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको भदौ महिनाको वित्तीय विवरण अनुसार माइक्रो लाइफ इन्स्योरेन्सहरुले कुल एक हजार तीन सय ४४ वटा बीमा पोलिसी खरिद बिक्री गरी १३ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

भदौ महिनासम्ममा गार्डियन माइक्रो लाइफले ९८३ वटा बीमा पोलिसी बिक्री गरी कुल १० लाख ३७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसका साथै, क्रेष्ट माइक्रो लाइफले ३६१ वटा बीमा पोलिसी विक्री गरी कुल तीन लाख ७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरको छ ।

हाल नेपालमा २ वटा माइक्रो लाइफ इन्स्योरेन्स सञ्चालनमा रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*