१ महिनामा ११ प्रतिशतले घट्यो जीवन बीमा कम्पनीको नयाँ व्यवसाय, कुनको कति ? (सूचीसहित)

१७ आश्विन २०८०, बुधबार १८:१४

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय गत साउन महिनाको तुलनामा भदौं महिनामा ११ दशमलव ३० प्रतिशतले घटेको देखिएको छ ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा दुई अर्ब २९ करोडको नयाँ जीवन बीमा व्यवसाय गरेको बीमा कम्पनीहरुले भदौं महिनामा दुई अर्ब तीन करोडको मात्रै नयाँ व्यवसाय गरेका हुन् ।

तथ्याङ्क अनुसार भदौं महिनामा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा उच्च स्थानमा बस्न सफल भएको छ । सो कम्पनीले भदौ महिनामा ५२ करोड १७ लाख रुपैयाँको नयाँ व्यवसाय गरेको छ ।

दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले भदौं महिनामा ३१ करोड २६ लाख रुपैयाँको नयाँ बीमा व्यवसाय गरेको छ । त्यस्तै, तेस्रो स्थानमा एलआईसी नेपाल परेको छ । सो कम्पनीले भदौ महिनामा १४ करोड ९९ लाख रुपैयाँको नयाँ बीमा व्यवसाय गर्न सफल भएको छ ।

त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १४ करोड २४ लाख, हिमालयन लाइफले १२ करोड ९५ लाख, सिटिजन लाइफले १२ करोड ४४ लाख रुपैयाँ, मेट लाइफले ११ करोड ९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १० करोड ५० लाख रुपैयाँ बराबरको भदौ महिनामा नयाँ बीमा व्यवसाय गरेको छ ।

त्यस्तै, भदौ महिनामा सन नेपालले १० करोड रुपैयाँ, एशियन लाइफले नौ करोड ५२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले आठ करोड २० लाख रुपैयाँ, आइएमई लाइफले सात करोड ३८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले पाँच करोड ६२ लाख र सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले तीन करोड रुपैयाँको नयाँ व्यवसाय गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

बृद्धिदरका आधारमा भदौं महिनामा नेशनल लाइफ इन्स्योरेन्स सबैभन्दा उत्कृष्ट कम्पनी हुन सफल भएको छ । त्यस्तै, मेट लाइफको पनि नयाँ बीमा व्यवसायमा बृद्धि भएको छ । साउन महिनाको तुलनामा सूर्यज्योति लाइफ र हिमालयन लगायतका कम्पनीको नयाँ बीमा व्यवसायमा सामान्य गिरावट आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*