जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत उठाए करिव ४५ करोड बीमा शुल्क, कसको संकलन कति ? (सूचीसहित)

१८ आश्विन २०८०, बिहीबार १८:३४

काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत भदौ मसान्तसम्ममा कुल ४४ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको वित्तीय विवरण अनुसार कम्पनीहरुले १७ लाख चार हजार ७३ वटा बीमालेख बिक्री गरी सो बीमा शुल्क आर्जन गरेका हुन् ।

वैदेशिक रोजगार बीमालेखबाट भदौ महिनासम्ममा सबैभन्दा बढी सन नेपाल लाइफले बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा सात लाख ४५ हजार १८९ वटा बीमालेख बिक्री गरी कुल १० करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

वित्तीय विवरण अनुसार नेपाल लाइफ वैदेशिक रोजगारको आधारमा दोस्रो स्थानमा रहेको छ । कम्पनीले भदौ महिनासम्ममा दुइ लाख ५८ हजार ७६५ वटा बीमालेख बिक्री गरी कुल नौ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आजैन गरेको छ ।

यसका साथै, आइएमई लाइफ तेस्रो स्थानमा रहेको छ । कम्पनीले एक लाख २४ हजार ८४४ वटा वैदेशिक बीमालेख बिक्री गरी कुल छ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।  नेशनल लाइफले ४१ हजार ५५६ वटा वैदेशिक बीमालेख बिक्री गरी कुल तीन करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यसका साथै, भदौ महिनासम्ममा एशियन लाइफले दुई करोड ७० लाख रुपैयाँ, सूर्यज्योति लाइफले तीन करोड ७२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले तीन करोड ४२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले दुई करोड ९१ हजार रुपैयाँ वैदेशिक रोजगारमा गएका व्यक्तिहरुले लिएका म्यादी बीमालेखबाट आर्जन गरेको हो ।

वैदेशिक बीमालेखबाट सिटिजन लाइफले दुई करोड २४ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले सात लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

हाल १० वटा जीवन बीमा कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गरिरहेका छन् । यसअघि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै बिक्री गर्दै आइरहेको बीमालेख वैदेशिक रोजगारमा गएका नेपालीहरुले अनिवार्य रुपमा बीमा गर्नुपर्ने प्रावधान लागूभएसँगै अन्य कम्पनीले समेत यो बीमालेखमार्फत बीमा सेवा दिँदै आइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*