नेपाल पुनर्बीमा कम्पनीले रक्तदान कार्यक्रम गर्दै (तस्बिरहरु)

१७ कार्तिक २०८०, शुक्रबार १४:०५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आज शुक्रबार रक्तदान कार्यक्रम गरिरहेको छ ।

कम्पनीले आज बिहान ११ बजेदेखि एलएस भवन, थापाथली काठमाडौंमा उक्त कार्यक्रम गरिरहेको छ । वर्तमान अवस्थामा रगतको अभाव भएको कारण कम्पनीले आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

५० देखि ७० जनाले रक्तदान गर्ने अनुमान गरिएको कम्पनीले जनाएको छ । साथै, कम्पनीले रक्तदान गर्न इच्छुक सबैलाई सहभागिताको लागि अपिलसमेत गरेको छ ।रक्तदान १८ वर्ष पुरा भई ६० वर्ष ननाघेका, शारीरिक तौल ४५ किलोग्रामभन्दा माथि भएका व्यक्तिले रक्तदा गर्नसक्ने प्रावधान रहेको छ ।

त्यस्तै, जटिल खालका रोग लागेका तथा औषधी सेवन गरिरहेका, असुरक्षित यौन व्यवहार तथा लागुु पदार्थ दुव्र्यसनीमा लागेका व्यक्तिले भने रक्तदान गर्न नमिल्ने व्यवस्था रहेको छ ।

रक्तदान गर्दा थोरै कम भएको रगत शरीरमा साधारण प्रक्रियाले स्वतः आपूर्ति हुने र विशेष ध्यान वा खानाको आवश्यकता नपर्ने डाक्टरहरु बताउछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*