नेपाल पुनर्बीमा कम्पनीले गरेको कार्यक्रममा ६८ जनाले गरे रक्तदान

१७ कार्तिक २०८०, शुक्रबार १६:४१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका व्यवस्थापक जीवन थापाको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीले आज बिहान ११ बजेदेखि एलएस भवन, थापाथली काठमाडौंमा उक्त कार्यक्रम सञ्चालन गरेको थियो। वर्तमान अवस्थामा रगतको अभाव भएको कारण कम्पनीले आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

कम्पनीले सञ्चालन गरेको सो रक्तदान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले समेत रक्तदान गरेका थिए । यो समेत गरी उनले ५६ औं पटक रक्तदान गरिसकेका छन् ।

कम्पनीले ५० देखि ७० जनाले रक्तदान गर्ने पूर्वानुमान गरेकोमा जम्मा ६८ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*