बीमा व्यवसायको ओरालो यात्रामा सूर्यज्योति लाइफ, प्रथम बीमा शुल्कमा उच्च गिरावट

१९ कार्तिक २०८०, आईतवार १०:०९

काठमाडौं । चालु आवको असोज महिनामा प्रथम बीमा शुल्क समग्रमा चार प्रतिशतले बृद्धि भएपनि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम बीमा शुल्क उच्च अंकले घटेको देखिएको छ । यसले कम्पनी ओरालो यात्रामा रहेको देखिएको छ । गत आवको अवधीमा सूर्यज्योति लाइफको प्रथम बीमा शुल्क १६.६० प्रतिशतले घटेर १८ करोड सात लाखमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा सूर्या र ज्योति लाइफले कूल २१ करोड ६७ लाख ७८ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थिए । मर्जरपछि सूर्यज्योति लाइफको व्यवसाय तुलनात्मक रुपमा निरन्तर खस्किने क्रममा रहेको छ । गत साउन महिनामा १९ करोड प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको कम्पनीले भदौं महिनामा जम्मा १२ करोड मात्रै प्रथम बीमा शुल्क संकलन गरेको थियो । असोज महिनामा सुधार गर्दै १८ करोड पुर्याउन सफल भएपछि गत आवको तुलनामा कम्पनी पछाडि नै परेको देखिएको छ ।

जीवन बीमा कम्पनीहरुका लागि प्रथम बीमा शुल्क निकै महत्वपूर्ण हुन्छ । प्रथम बीमा शुल्कबाटै बीमा अभिकर्तालाई सुविधा र व्यवस्थापन खर्च गरिने हुँदा प्रथम बीमा शुल्क घट्दै गएमा जीवन बीमा कोष बलियो हुन नसकी कम्पनीले बीमितलाई दिने बोनस र शेयरधनीलाई दिने लाभांश दुवै प्रभावित हुने गर्दछ ।

बीमा प्राधिकरणले उपलब्ध गराएको बीमा शुल्क सम्बन्धी विवरणमा सूर्यज्योति लाइफको समग्र व्यवसाय खस्किएको देखिएको हो । सूर्यज्योति लाइफमा मर्जरपछि काम गर्ने वातारण नभएको भन्दै कर्मचारीहरुले छोडेर जाने क्रम उच्च छ । गत महिना कर्णाली प्रदेशको जिम्मेवारी नै लिने कोही नहुने गरी रित्तो भएको थियो भने अहिले पनि इमान्दार राम्रा कर्मचारीहरुले छोडेर जाने क्रम उस्तै छ ।

मर्जरपछि पुरानो कम्पनी सूर्या लाइफका कर्मचारीमाथि ज्योति लाइफका कर्मचारीहरुले डोमिनेट गर्ने गरेको कर्मचारीहरुको गुनासो छ । त्यसो त मर्जर गरेका सबै बीमा कम्पनीहरुमा सिईओ पाउने कम्पनीको डोमिनेट हुने र सिईओ नपाउने कम्पनीका कर्मचारीहरु हेपिएर, झुकेर काम गर्नुपर्ने अवस्था छ । त्यस्तो अवस्थाबाट सूर्यज्योति लाइफमा काम गरेका कर्मचारीहरुले समेत मुक्ति नपाएको गुनासो छ ।

 

तीन महिनामा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क पाँच प्रतिशतले घट्यो, सूर्यज्योतिको ३०% ले गिरावट, अन्य कुनको कति ? (सूचीसहित)

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*