हिमालयन रिको आईपीओ निष्काशन मिति परिवर्तन गर्ने निर्णय, अब मंसिर ४ गतेदेखि निष्काशन हुने

२० कार्तिक २०८०, सोमबार ०९:१२

काठमाडौं । यही कार्तिक २१ गतेबाट आईपीओ निष्काशन गर्न लागेको हिमालयन रि इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन मिति पर सार्ने निर्णय गरेको छ । कूल १० अर्ब चुक्ता पूँजी भएको हिमालयत रिमा सात अर्ब चुक्ता संस्थापकको लगानी रहेको छ । अब बाँकी तीन अर्ब रुपैयाँको प्रिमियम मूल्यमा आईपीओ निष्काशन यही कार्तिक २१ गतेबाट गर्ने निर्णय गरेकोमा आज एक सूचनामार्फत उक्त आईपीओ निष्काशन मिति पर सारिएको हो । नयाँ मिति अनुसार मंसिर ४ गतेबाट हिमालयन रिको प्राथमिक शेयर निष्काशन हुनेछ ।

प्रिमियम मूल्यमा निष्काशन गर्न लागिएको आईपीओमा लेखा समितिले चासो देखाउँदै तत्कालका लागि स्थगित गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएसँगै हिमालयन रि आफैले मिति पर सारेको हो । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले आईपीओमा मंसिर १८ गतेसम्म लागी ‘मेरो शेयर’ अनलाइन, आस्वा सदस्य बैंक वित्तीय संस्थामार्फत आवेदन दिन सक्ने जनाइएको छ ।

बैदेशिक रोजगारी अन्तर्गत श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि ३० लाख कित्ता, आफ्ना कर्मचारीका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*