भूकम्पका कारण नेपाल पुनर्बीमा कम्पनीको दशौँ वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित

२० कार्तिक २०८०, सोमबार १०:४१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले दशौं वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ । १७ गते राती जाजरकोट केन्द्रविन्दु भई ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि उत्पन्न मानवीय हताहती एवं आर्थिक क्षतिका कारण निर्धारित वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको सार्वजनिक सूचना जारी गरेर कम्पनीले जानकारी दिएको छ ।

औपचारिक कार्यक्रम स्थगित गरिएपनि २१ गते मंगलबार प्रभातफेरी, स्मारिका विमोचन र शुभकामना एवं प्रतिवद्धता प्रकाशन कार्यक्रम यथावत रहने प्रवक्ता दामोदर भण्डारीले जानकारी दिएका छन् ।

यसअघि, वार्षिकोत्सवको अवसरमा कम्पनीले १७ गते दिउँसो रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कम्पनीका सीईओसहित ६८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा ८० जनाले सहभागिता जनाएकामा ६८ जनाले रक्तदान गरेका हुन् । रक्तदाताप्रति नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आभार व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*