नेपाल माइक्रो इन्स्योरेन्सको वीरगंज शाखा विस्तार

२० कार्तिक २०८०, सोमबार ११:२४

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले मधेश प्रदेश अन्तर्गतको पहिलो शाखा कार्यालय पर्सा जिल्लामा वीरगंज शाखा कार्यालय विस्तार गरेको हो ।

कम्पनीले देशका विभिन्न स्थानहरुमा इन्स्योरेन्स सेवा पुर्याउने उद्देश्यले आक्रामक रुपमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै आइरहेको छ । सोही उद्देश्य अनुरुप कम्पनीले पर्सामा उक्त नयाँ शाखाको उद्घाटन आज (कात्तिक २० गते) सोमबार गरेको हो ।

कम्पनीले ‘सानो इन्स्योरेन्स ठूलो केयर’ भन्ने मूल अभिप्रायका साथ शाखा कार्यालयहरु विस्तार गरिरहेको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*