नेपाल पुनर्बीमा कम्पनीको प्रभातफेरि (तस्बिरहरु)

राजन कठायत
२१ कार्तिक २०८०, मंगलवार १०:३७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले आफ्नो १०औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको उक्त कार्यक्रम आज बिहान कम्पनीको केन्द्रिय कार्यालयबाट सुरु भई सोही कार्यालयमै सम्पन्न भएको हो ।

उक्त प्रभातफेरि कार्यक्रम बिहान ७ः३० बजे केन्द्रिय कार्यालय थापाथलीबाट सुरु त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, माईतीघर हुँदै कार्यालयमै पुगेर समापन भएको थियो । कार्यक्रममा विभिन्न इन्स्योरेन्स कम्पनीका कर्मचारी, कार्यकारी अधिकृत, विमा अभिकर्ता र विमकहरु सहित २०० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझिले सहभागीबीच सम्बोधन गर्दै कार्यक्रम गर्नुको उद्देश्य बीमा सम्बन्धी जनचेतना फैलाउने रहेको बताए । साथै, उनले पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका कारण ठूलो जन धनको क्षति प्रति दुख व्यक्त गर्दैै कम्पनीको १०औं वार्षिक उत्सवका औपचारिक कार्यक्रम अहिलेलाई स्थगित गरेको बताए ।

तस्बिरहरु

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*