नेपाल पुनर्बीमा कम्पनीद्वारा भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग, अर्थमन्त्रीबाट पुनर्बीमा स्मारिका विमोचन

२१ कार्तिक २०८०, मंगलवार १७:००

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो दशौँ वार्षिकोत्सवको अवसर पारेर जाजरकोटका भूकम्प पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँको सहयोग गरेको छ ।कम्पनीले आज आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अर्थ मन्त्रीमार्फत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो ।

सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच पुनर्बीमा कम्पनी लिमिटेडले भूकम्प पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

 

सोही अवसरमा कम्पनीले प्रकाशित गरेको नेपाल पुनर्बीमा स्मारिका २०८० अंक २ समेतको विमोचन समेत गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा स्मारिका विमोचन गरिएको हो । अर्थमत्री डा. महत र अर्थसचिव डा. कृष्णहरि पुष्करले संयुक्त रुपमा स्मारिकाको विमोचन गरे ।

कम्पनीले दशौं वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ । १७ गते राती जाजरकोट केन्द्रविन्दु भई ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि उत्पन्न मानवीय हताहती एवं आर्थिक क्षतिका कारण निर्धारित वार्षिकोत्सव कार्यक्रम स्थगित गरेको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले १७ गते दिउँसो रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कम्पनीका सीईओसहित ६८ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा ८० जनाले सहभागिता जनाएकामा ६८ जनाले रक्तदान गरेका हुन् । रक्तदाताप्रति नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आभार व्यक्त गरेको छ ।

साथै, कम्पनीले आज बिहान सम्पन्न गरेको प्रभातफेरि कार्यक्रममा समेत सम्पन्न गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*