नेपाल पुनर्बीमा कम्पनीले नौ वर्षमा ५५ अर्बको कारोबार, झण्डै २५ अर्ब दावी भुक्तानी

२२ कार्तिक २०८०, बुधबार १०:१९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले स्थापनाको नौ वर्ष सफलतापूर्वक पुरा गरेको छ । सो अवसरमा अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल बीमा कम्पनीका अध्यक्ष ईश्वरी प्रसाद अर्यालले स्थापनाको नौ वर्षको अवधीमा कूल ५५ अर्ब पुनर्बीमा शुल्क आम्दानी गरेको जानकारी दिए । साथै उनले सो अवधीमा २५ अर्ब २१ करोड दावी भुक्तानी गरेको बताए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतलाई लाई ब्रिफिङ गर्दै अध्यक्ष अर्यालले भने, नेपाल पुनर्बीमा कम्पनीले नेपाली बीमा कम्पनीहरुको जोखिम हस्तान्तरणमा उल्लेख्य भूमिका खेल्दै आएको छ र यसबाट विदेश जाने पुनर्बीमा शुल्क बचत हुन पुगेको छ ।’

अध्यक्ष अर्यालले नेपाल पुनर्बीमा कम्पनी स्थापनादेखि नै प्रत्येक वर्ष मुनाफामा कमाउँदै आएको र बीमा क्षेत्रबाट सरकारलाई कर बुझाउने कम्पनीहरुको सूचिमा प्रथम हुँदै आएको जानकारी दिए ।

नेपाल पुनर्बीमा कम्पनीले स्थापनाको नौ वर्षको अवधीमा एक अर्बभन्दा बढि रकम विदेशबाट समेत पुनर्बीमा शुल्क बापत आम्दानी गरेको छ । हवाई क्षेत्रबाट सेवामुलक क्षेत्रमा विदेशबाट प्रत्येक्ष रुपमा आम्दानी गर्ने सम्भवतः नेपालकै पहिलो अन्तर्राष्ट्रिय कम्पनी हो । अध्यक्ष अर्यालले नेपाल पुनर्बीमा कम्पनीलाई आगामी दिनमा अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीको रुपमा अझै सशक्त, अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*