नेपाल माईक्रो र प्रोटेक्टिभ माईक्रोले पहिलो त्रैमासमा कति गरे बीमाशुल्क आर्जन ?

२२ कार्तिक २०८०, बुधबार १६:२७

काठमाडौं । पहिलो त्रैमासमाा दुई लघु निर्जीवन बीमा कम्पनीहरुले आफनो वित्तिय विवरण सार्वजनिक गरेका छन् ।

हाल संचालनमा रहेका नेपाल माईक्रो र प्रोटेक्टिभ माईक्रोले तीन महिनाको अवधिमा झण्डै ९२ हजार रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गर्न सफल भएका छन् ।

दुई  लघुबीमा कम्पनीहरुले तीन महिनाको अवधिमा २ हजार ९७२ वटा बीमा पोलिसी विक्रि गरेर उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा साढे १६ सय पोलिसी बिक्रि गरेर ३० लाख ४६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले असोजै महिनासम्ममा ६१ लाख ४४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले १३ सय बीमालेख बिक्रि गरेर उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*