हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा १८ प्रतिशतले बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था (तथ्यांकसहित)

२४ कार्तिक २०८०, शुक्रबार ११:५४

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स संरचनागत र वित्तीय रुपमा बलियो हुँदै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणले संरचनागत र वित्तीय रुपमा बलियो हुँदै गएको देखाएको हो ।

पहिलो त्रैमासमा कम्पनीले ५ करोड ३४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा गत आर्थिक वर्षको यसै अवधिमा भन्दा १७.८९% ले बढी हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी १३.४७% ले घटेर १९ करोड २५ लाख रुपैयाँमा आएको छ । यद्दपि, कमिसन आम्दानी १७.१८% र लगानी तथा कर्जाबाट आम्दानी १५.४८% ले बढेपछि खुद नाफामा सुधार भएको देखिन्छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको छ । बीमा कोषको आकार ४ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । रिटेन्ड अर्निङ शीर्षकमा १ अर्ब ६२ अर्ब २० करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ३२ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ९.३० रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ १८७.२५ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी गत वर्षको भन्दा १.४१ रुपैयाँ धेरै हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*