अर्थतन्त्रको बाह्य स्थितिमा सुधार, यस्तो छ देशको वर्तमान आर्थिक अवस्था (पूर्णपाठसहित)

२४ कार्तिक २०८०, शुक्रबार १५:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तिय स्थितीको विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदन अनुसार निजी क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निक्षी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.८ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति १६ खर्ब ४३ अर्ब ९ करोड अर्थात् १२ अर्ब ३३ करोड अमेरिकी डलर रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । जुन ६.७ प्रतिशतले बढेको बताइएको छ । असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति असोज मसान्तसम्म बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको हो ।

वित्तीय प्रतिवेदन अनुसार पहिलो ३ महिना अर्थात् असोजसम्म ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स भित्रिएको हो । जसमध्ये असोजमा मात्रै १ खर्ब ३६ अर्ब भित्रिएको छ ।

विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स रकम वृद्धिको आँकडा हेर्दा गएको आर्थिक वर्षको तीन महिनाको तुलनामा यो पल्ट ३० प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६।८ प्रतिशतले बढेको थियो । रेमिट्यान्सको बढ्दो दर र आयात नबढेका कारण बाह्य क्षेत्रमा सुधार आएको राष्ट्र बैंकले जनाएको छ । असोजमा १ खर्ब ४८ अर्बको वस्तु आयात भएको छ। आन्तरिक मन्दीले उपभोग्य वस्तुको मागमा कमी आएकाले आयात बढ्न नसकेको हो।

चालू आर्थिक वर्षको तीन महिनामा ४ खर्ब ७ अर्ब बराबरको वस्तु आयात भएको छ। सरकारको चालु खाता तेस्रो महिना लगातार बचतमा छ। गत असारमा ७२ अर्ब घाटामा रहेकको चालु खाता असोजमा ५९ अर्ब बचतमा पुगेको छ। शोधनान्तर बचत ९९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Three-Months-data-of-2080.81

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*