सरकारको खातामा एक खर्ब नगद मौज्दात थपियो, राजस्व परिचालन बढ्यो

२४ कार्तिक २०८०, शुक्रबार १६:५०

काठमाडौं । सरकारी खातामा झण्डै एक खर्ब नगद मौज्दात थपिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदन अनुसार असोज मसान्तसम्म राष्ट्र बैंकमा रहेका विभिन्न खातामा कुल एक अर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ नगद मौज्दात छ ।

जुन प्रदेश र स्थानीय सरकारसहितको नगद मौज्दात हो । गएको आर्थिक वर्ष अन्त अर्थात् असार मसान्तमा सरकारको यस्तो मौज्दात जम्मा ७१ अर्ब ९८ करोड थियो । यस्तै, चालू आर्थिक वर्षको तीन महिनामा सरकारको कुल खर्च शून्य दशमलव ९ प्रतिशतले मात्रै बढेको छ । अघिल्लो आर्थिक वर्षमा सरकारको कुल खर्च १८.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा चालू खर्च दुई खर्ब १३ अर्ब ३९ करोड, पूँजीगत खर्च १७ अर्ब ८३ करोड र वित्तीय व्यवस्था खर्च ४९ अर्ब ३५ करोड रहेको छ ।

यो वर्षको पहिलो ३ महिनामा राजस्व परिचालन ५ प्रतिशतले बढेको छ । प्रदेश र स्थानीय सरकारसमेत गरेर २ खर्ब १९ अर्ब १२ करोड राजस्व परिचालन भएको हो । जसमा कर राजस्व एक खर्ब ९९ अर्ब र गैर कर राजस्व १९ अर्ब ६५ करोड छ । गएको आर्थिक वर्षको पहिलो तीन महिनामा राजस्व परिचालन १८.२ प्रतिशतले घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*