एनआइसी एसिया बैंकले मंसिर महिनाका लागि ब्याजदरमा भारी कटौती

२४ कार्तिक २०८०, शुक्रबार १७:२६

काठमाडौं । एनआइसी एसिया बैंकले मंसिर महिनाका लागि ब्याजदरमा भारी कटौती गरेको छ । एनआइसीले व्यक्तिगत मुद्दति निक्षेपमा अब अधिकतम जम्मा ८।९६८ प्रतिशतमात्र ब्याज दिने भएको छ । त्यसैगरी, संस्थागत निक्षेपकर्ताले भने ६ महिनादेखि १५ वर्षसम्मको मुद्दति बचतमा ६।९६८ प्रतिशत ब्याज पाउने छन् ।

बैंकले बचत खातामा पनि अधिकतम ६।५८५ प्रतिशतमात्र ब्याज दिने भएको छ । यसले कात्तिकसम्म भने व्यक्तिगत मुद्दति खातामा ११।००३ प्रतिशत र संस्थागतमा ९।००३ प्रतिशत ब्याज दिंदै आएको छ ।

बचत खातामा भने ८।००३ प्रतिशतसम्म ब्याज दिएको छ । निक्षेपमा घटेपछि अब कर्जामा पनि ब्याजदर घट्नेछ । बेस रेटका आधारमा कर्जाको ब्याजदर पनि तल आउनेछ । निक्षेपमा ब्याजदर घटेपछि लागत सस्तो हुन गई बेस रेट तल आउने र त्यसले कर्जाको पनि ब्याजदर घटाउनेछ ।

यस्तै, बैंकले प्रिमियम दरहरु पनि कटौती गरेको छ । एनआइसी एसिया बैंक मार्केट लिडर हो । यसले भारीमात्रामा ब्याजदर कटौती गरेपछि अरुलाई पनि ब्याजदर घटाउन दबाब पर्ने अनुमान गरिएको छ । यद्यपि, धेरै बैकको मंसिरका लागि नयाँ ब्याजदर सार्वजनिक हुन बाँकी नै रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*