इन्फिनिटी लघुवित्तको प्रथम त्रैमासमा देखिएन सुधार

२५ कार्तिक २०८०, शनिबार १०:५७

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्फिनिटी लघुवित्तले ३६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको भन्दा ४३।७१ प्रतिशत थोरै हो । गत वर्ष यसले ६५ लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा ४३।७०५ ले घटेर ५२ लाख ३४ हजार रुपैयाँमा झरेको छ ।

यसले गर्दा नाफा प्रभावित भएको छ । एक वर्षको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ५।२० प्रतिशतले बढेको छ । गत वर्ष ५ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले अहिले बढाएर ५ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ । हाल यसको चुक्ता पुँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १९ करोड ४१ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी पनि घटेर २ रुपैयाँ ९५ पैसा९वार्षिक० मा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ २८ पैसा ९वार्षिक० रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ६४ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*