राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा ४ करोडमाथी, यस्तो छ समग्र वित्तीय अवस्था

२५ कार्तिक २०८०, शनिबार १६:०९

काठमाडौं । सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा कम्पनीका अधिकांश वित्तीय सूचक बृद्धि भएका छन् ।

वित्तिय विवरण अनुसार चालु आवको पहिलो तीन महिनामा कम्पनीले चार करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ३६ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले चार अर्ब ५६ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा चार अर्व २६ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज महिनासम्ममा कम्पनीको संचिती जगेडा कोषमा ५२ करोड ६१ रुपैयाँ रहेको छ । कम्पनीले अभिकर्ता कमिशनमा पाँच करोड ५ लाख रुपैयाँ खर्चिएको छ ।

साथै, यस अवधिमा कम्पनीले प्रथम बीमा शुल्क मार्फत १५ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, कम्पनीले नविकरण मार्फत यस अवधिमा चार करोड ४० लाख रुपैयाँ कमाएको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*