पहिलो त्रैमासमा एनएलजी इन्स्योरेन्सको उल्लेख्य प्रगति, नाफा ४० प्रतिशतले बृद्धि

२६ कार्तिक २०८०, आईतवार ०८:०८

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र प्रतिशेयर आम्दानी दुवै बृद्धि भएको छ ।

तीन महिनाको अवधीमा कम्पनीले ४०.७७ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । अघिल्लो आवमा जम्मा तीन करोड ६५ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको कम्पनीले यस आवमा पाँच करोड १४ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । मुनाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी ११.०२ बाट बढेर १४.११ पुगेको छ ।

कम्पनीको व्यवसाय १५.५१ प्रतिशतले बृद्धि भई कूल बीमा शुल्क आम्दानी ५३ कराड ५७ लाखबाट बढेर ६१ करोड ८८ लाख पुगगेको छ । त्यस्तै कम्पनीको कूल दावी भुक्तानी ४९.१२ प्रतिशतले घटेको छ । गत आवमा ८० करोड ९५ लाख रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले चालु आवको तीन महिनामा ४१ करोड १८ लाख दावी भुक्तानी तिरेको छ । कूल दावी भुक्तानीभित्र पुनर्बीमा कम्पनीबाट प्राप्त भई भएको भुक्तानी समेत हो ।

त्यस्तै, कम्पनीको लगानी १८.९२ प्रतिशतले बृद्धि भई दुई अर्ब ७३ करोड पुगेको छ । कम्पनीले लगानीबाट प्राप्त आम्दानी २२.४३ प्रतिशतले बृद्धि भई छ करोड ६० लाख पुगेको छ । अघिल्लो वर्ष पाँच करोड ३९ लाख आम्दानी गरेको थियो ।

कम्पनी चुक्ता पुँजि एक अर्ब ३२ करोडबाट बृद्धि भई एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९१ पुगेको छ । कम्पनीले चालु आवको तीन महिनामा उल्लेख्य प्रगति गर्न सफल भएको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*