स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर मंसिरका लागि घट्यो, कुन खातामा कति ?

२६ कार्तिक २०८०, आईतवार १२:१४

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिर महिनाको लागि नयाँ ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागु हुने गरी आज नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

सार्वजनि ब्याजदर अनुसार बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ८.९७ प्रतिशत कायम गरेको छ । कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.२२ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो ।

यसैगरी मंसिरका लागि १ वर्ष वा सोभन्दा बढी अवधिको संस्थागततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ५.२५ प्रतिशत कायम गरेको छ। कात्तिकमा संस्थागततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५० प्रतिशत थियो।

कल निक्षेपको ब्याजदर पनि घटाएर २ प्रतिशतसम्म बनाइएको छ भने बचतको ब्याजदर पनि घटाएर अधिकतम ६.०५ प्रतिशत कायम गरिएको छ। कात्तिकमा कल निक्षेपको ब्याजदर २.१३ प्रतिशतसम्म र बचतको ब्याजदर अधिकतम ६.३० प्रतिशत थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*