हिमालयन लाइफको मुनाफा र इपिएस दुवै बढ्यो, दावी भुक्तानी र सरेण्डरमा उच्च बृद्धि (तथ्याङ्कसहित)

२६ कार्तिक २०८०, आईतवार १३:०२

काठमाडौं । तीन वटा जीवन बीमा कम्पनी मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अधिकांश सूचांकहरु घटेको देखिएको छ । यद्यपि कम्पनीको मुनाफा र प्रतिशेयर आम्दानी भने बृद्धि भएको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ ।

आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कूल बीमा व्यवसाय बृद्धि भएको देखिए पनि कूल दावी भुक्तानी, बीमा सरेण्डर लगायतका सूचांकहरु नकारात्मक देखिएको छ ।

वित्तीय विवरण अनुसार हिमालयन लाइफको जीवन बीमा कोषको आकार ६.२२ प्रतिशतले बृद्धि भई ५२ अर्ब १२ करोडबाट बढेर ५२ अर्ब ३६ करोड पुगेको छ । त्यस्तै कम्पनीको लगानी पनि सोही अनुपातमा बृद्धि भई ५२ अर्बबाट ५६ अर्ब पुगेको देखिएको छ । त्यस्तै, बीमा अभिकर्ताले लिने ऋणमा २०.३४ प्रतिशतले बृद्धि भई ५७ करोडबाट ६८ करोड पुगेको छ ।

त्यस्तै, कूल बीमा शुल्क संकलन १७.५६ प्रतिशतले बृद्धि भई ३७ अर्ब ७२ करोडबाट बढेर चार अर्ब ३८ करोड नाघको छ । तीन वटा कम्पनी मर्जर भई बनेको नयाँ कम्पनीमा विविध प्रकारका समस्याहरुका बावजुद कम्पनीको कूल बीमा शुल्क आम्दानी बृद्धि गर्न सफल भएको हो ।

त्यस्तै, कम्पनीको कूल दावी भुक्तानी ४८.४६ प्रतिशतले बृद्धि भई एक अर्ब ११ करोडबाट बढेर एक अर्ब ६५ करोड नाघेको छ । त्यस्तै, बीमा पोलिसी सरेण्डर दुई करोडबाट बढेर १५ करोड पुगेको कम्पनीको बीमा पोलिसी सरृेण्डर ६३० प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, लगानीबाट प्राप्त आम्दानी १८.१७ प्रतिशतले बृद्धि भई एक अर्ब ३३ करोडबाट बढेर एक अर्ब ५७ करोड पुगेको छ । समीक्षा अवधीमा बीमा अभिकर्ता लगायतलाई वितरण गरिएको कमिशन रकम सामान्य अंकले घटेर ३६ करोड २३ लाखबाट ३६ करोड एक लाखमा सीमित हुन पुगेको छ ।

तथ्याङ्क अनुसार हिमालयन लाइफको मुनाफा उल्लेख्य बृद्धि भई १७ करोड ८३ लाखबाट बढेर २४ करोड १३ लाख पुगेको छ । कम्पनीले यस तीन महिनाको अवधीमा ३५.३८ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल भएको छ । मनाफा बृद्धिसँगै कम्पनीको ईपिएस ८.८९ रुपैयाँबाट बढेर १२.०४ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*