सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ९२ प्रतिशतले बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था

२७ कार्तिक २०८०, सोमबार १०:२९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको खुद नाफा लगायतका वित्तीय सूचकमा उल्लेख्य प्रगती देखिएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले उल्लेख्य प्रगती देखाएको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९२ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको महाविपत्ती कोषमा १८ करोड ७४ लाख ६ हजार रुपैयाँ, संचिती जगेडा कोषमा ३८ करोड १७ लाख रुपैयाँ रहेको प्रकाशित वित्तीय विवरणले देखाएको छ । त्यस्तै, यस अवधिमा कम्पनीको बीमा कोषमा ६ अर्ब ६३ करोड रहेको छ ।

पहिलो तीन महिनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ७८ करोड ६२ लाख रुपैयाँबाट बृद्धि भई १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । जसले कम्पनी प्रगती र सफलताको बाटोमा अघि बढेको देखाउन्छ । कम्पनीले पुनर्बीमा मार्फत ६२ करोड ४९ लाख रुपैयाँ खर्चिएको छ ।

कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य अंकले बृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको यस्तो आर्जन ३६ करोड १९ लाख रुपैयाँबाट बृद्धि भई ३६ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले १ करोड रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९१ लाख ४३ हजार रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ७० पैसा र प्रति शेयर नेटवर्थ २२९ रुपैयाँ ६० पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*