संकटमा नेपाल एयरलाइन्स, एक पछि अर्को गर्दै थन्किदै जहाज

२७ कार्तिक २०८०, सोमबार १२:४९

काठमाडौं । राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सका जहाज एक पछि अर्को गर्दै थन्किन थालेका छन् । नेपाल एयरलाइन्ससँग ६ वटा विमान मात्रै चालु अवस्थामा रहेकामा एक पछि अर्को गर्दै विग्रन थालेका हुन् । फेरि हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ ।

हवाईजहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर हवाई जहाजमा चढिसकेका यात्रुहरु ओराल्नु परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल एयरलाइन्सको नाइन एन-एबीयू कलसाइनको हवाईजहाज बिहान ८ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो । हवाई जहाजमा यात्रुहरु चढिसकेका थिए । तर, जहाज उड्न सकेन । प्राविधिक समस्या देखिएको भन्दै उनीहरुलाई ओरालियो ।

राष्ट्रिय ध्वजावहाक थन्किएपछि यात्रुहरु भने समस्यामा परेका छन् । सिमकोट विमानस्थल टावरले जहाज बनिनसकेको बताए पनि हवाईजहाजमा कस्तो खालको समस्या हो भन्ने जानकारी दिइएको छ । यसअघि गएको असोज १८ गते साउदीको दमामका लागि उडेको आरए २४१ जहाज पाकिस्तानको आकास माथिबाट नेपाल फिर्ता गराउनु गरेको थियो ।

जुन घटनामा उड्डयन प्राधिकरणले दुई मेन्टिनेन्सतर्फका दुई व्यवस्थापकलाई कारबाही गरिसकेको छ । त्यो बेला जहाजको आसपास अर्को जहाज भए नभएको बारे चेतावनी दिने प्रणाली (टीसीएएस)मा प्राविधिक समस्या आएपछि जहाज काठमाडौं फिर्ता गर्नु परेको थियो । त्यसअघि दुवईबाट काठमाडौं आउनुपर्ने जहाज डोल्पातिर हानिएको थियो । त्यस विषयमा भने प्राधिकरणले कसैलाई कारबाही गरेको सुन्नमा आएको छैन ।

यो पनि पढ्नुहोस्

ऋणमा चुर्लुम्म नेपाल एयरलाइन्स जोगाउन एक मौका !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*