टिकटक प्रतिबन्द गर्ने निर्णय आजै कार्यान्वयनमा जाँदै, पत्र लेखिसक्यौं, अबको केहीबेरपछि बन्द हुन सुुरु हुन्छः प्राधिकरण

२७ कार्तिक २०८०, सोमबार १६:२०

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णय आजै कार्यान्वयनमा जाने नियामक नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोत्तम खनालले सबै आईएसपीलाई पत्र लेख्ने काम सम्पन्न भइसकेको र आजै पत्र पठाएर बन्द गरिने बताए ।

बीमापोष्टसँग कुरा गर्दै अध्यक्ष खनालले भने, ‘हामीले सबै इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाउँदैछौं, अबको केहीबेर पछि नै बन्द हुन सुरु हुन्छ ।’ प्राधिकरणका अनुसार कतिपय साना सेवा प्रदायक कम्पनीहरुमा कर्मचारी अभाव भएर रोकिएको बाहेक सबै ईन्टरनेट सेवा प्रदायकबाट टिकटक बन्द गरिने जनाएको छ ।

प्राधिकरण स्रोतका अनुसार सबै सेवा प्रदायकहरुलाई आजै इमेलमार्फत पत्र पठाएर बन्द गर्ने निर्णय कार्यान्वयन गराउन लागेको हो । कपितय सेवा प्रदायकहरुले रेस्पोन्स गरिसकेका छन् । कतिपयहरु सम्पर्कमा आउँदैछन् । सरकारले सामाजिक सद्भावमा खलल पुर्याएको भन्दै आजदेखि लागू हुने गरी मन्त्रिपरिषदको बैठकबाट टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयको विरुद्ध र पक्षमा सामाजिक सञ्जालहरुमा चर्को बहस भइरहेको छ ।

प्राधिकरणले भने सरकारको निर्देशन आइसकेकोले अब तत्कालै निर्णय कार्यान्वयनको लागि कार्यालय खोलेरै काम गरिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*