डिजिटल कारोबार आकर्षित गर्न ग्लोबल आइएमई बैंक आक्रामक, तिहारमा यस्तो अफर

२८ कार्तिक २०८०, मंगलवार १२:२३

काठमाडौं। ग्लोबल आइएमई बैंकले तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक दिने भएको छ ।

बैंकका डेबिट वा क्रेडिट कार्ड भएका ग्राहकहरुले नेपालभरका पस मेसिनमा एकहजार वा सो भन्दा बढिको कम्तीमा ३ वटा कारोबारमा ३०० अथवा ५ वटा कारोबारमा ५०० क्यासब्याक पाउने बैंकले जनाएको छ ।

यो योजना कात्तिक २९ तथा भाइटीकासम्म रहेको छ । बैंकको मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कागतिहारदेखि भाइटीकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड तिहार लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३०० सम्म क्यासब्याक पाउने बैंकले विज्ञप्तिमार्फत जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*