पाँच लघुवित्तले २९ करोडको एफपीओ ल्याउँदै, कुनले कति (सूचीसहित)

२८ कार्तिक २०८०, मंगलवार १५:०४

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा थप प्राथमिक शेयर (एफिपीओ) निष्काशनका लागि पाँच वटा लघुवित्त कम्पनीहरु पाइपलाइनमा रहेका छन् । एफपीओ अनुमतिको पर्खाइमा सूर्योदय वमी लघुवित्त, महुली लघुवित्त, नयाँ सारथी, समता घरेलु र किसान लघुवित्त रहेका छन् ।

लघुवित्तले २९ करोड चार लाख ३९ हजार २८४ रुपैयाँ बराबरको २८ लाख ५१ हजार ६४९ कित्ता थप सेयर निष्कासन गर्ने छन् । एफपीओ निष्कासनका लागि सूर्योदय वोमीले २०८० भदौ १८ गते, महुलीले २०८० भदौ २४ गते, नयाँ सारथीले २०७८ भदौ ९ गते, समता घरेलुले २०७८ चैत २९ गते र किसान लघुवित्तले २०७८ असार २९ गते बोर्डमा निवेदन दिएका छन् ।

नयाँ सारथी लघुवित्तले प्रतिकित्ता ११६ रुपैयाँमा एफपीओ निष्कासन गर्ने अनुमति मागेको छ । यो लघुवित्तले तीन लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्ने अनुमति मागको छ । सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाले १६ लाख ६६ हजार ९६५ कित्ता एफपीओ प्रतिकित्ता १०० रुपैयाँमा निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*