वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, कुनको कति ?

३० कार्तिक २०८०, बिहीबार ०८:३०

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन्।

कात्तिक महिनामा ९।९६४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, मंसिर महिनामा ०।३३१ प्रतिशतविन्दु घटेर ९।६३२ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजर ०।३०६६ प्रतिशतविन्दु घटेर ७।५४६ प्रतिशतमा झरेको छ।

हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन्। जसमध्ये सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक रहेको छ। एनआईसी एशियाले कात्तिक महिनाका तुलनामा मंसिर महिनामा ब्याजदर २।०३५ प्रतिशतविन्दुले घटाएको छ। बैंकले मंसिर महिनामा व्यत्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८।९६८ प्रतिशत ब्याज दिने भएको छ।

एनआईसी एशिया पछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबि बैंक लिमिटेड रहेको छ। बैंकले मंसिर महिनाका लागि ब्याजदर १।२४३ प्रतिशतभन्दा घटाएर ९।७६ प्रतिशतमा झारेको छ।

६ वाणिज्य बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*