नेपालको पहिलो बैङ्क नेपाल बैङ्क ८७औँ वर्षमा प्रवेश, कति पुग्यो चुक्ता पुँजी ?

३० कार्तिक २०८०, बिहीबार ०९:४१

काठमाडौं । नेपालको पहिलो बैङ्क नेपाल बैङ्कले ८६ वर्ष पूरा गरी ८७औँ वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले ८ लाख ४२ हजार, चुक्ता पुँजी, निक्षेप १७ लाख र १९ लाख लगानीमा सो बैंक स्थापना भएको थियो ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरुले सुरु गरेको बैंकको चुक्ता पुँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो ।

८७ वर्ष अघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब रहेको छ । विक्रम संवत २०८० आषाढ मसान्तसम्म बैकले २ खर्ब ४४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब कर्जा प्रदान गरेको जनाएको छ ।

प्रत्येक वर्ष संचालन मुनाफामा बढोत्तरी हुँदै गएको यस बैंकको जगेडा कोषमा २१ दशमलव ८८ अर्ब रुपैयाँ रहेको छ भने पुँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र नेटवर्थ ३६ दशमलव ५८ अर्ब भन्दा बढी रहेको छ ।

बैंकले विगत आव २०७६/७७ देखि आफ्ना शेयरधनीहरुलाई नियमित रुपमा वोनस शेयर तथा नगद लाभांश प्रदान गर्दै आइरहेको छ । ‘प्रशस्त अचल सम्पत्ति, निक्षेप तथा कर्जा वृद्धि, न्यून आधार दर तथा ब्याजदरका सूचकहरुमा बैंक दरिलो तथा प्रतिस्पर्धी रहेको छ भने संस्थागत सुशासनलाई थप मजबुत बनाएको छ’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

स्थापनाको शताब्दीको हाराहारी अनुभव बटुलेको ऐतिहासिक बैंकिङ धरोहरले नेपाली मुद्रा र नेपाली नोट प्रचलनमा सहजता ल्याउन भूमिका खेलेको थियो ।

नेपाल बैंकले आफ्नो स्थापना कालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व २०१२ सालसम्म देशको केन्द्रीय बैंकको कार्य समेत गरेको थियो ।

नेपाली माटो र हरेक नेपालीजनसँग प्रगाढ सम्बन्ध गाँसिएको यस बैंक बालक, युवा, प्रौढ हुँदै जेष्ठ नागरिक सबैको रोजाइकोमा पर्न सकेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*