वीरगंज महानगरपालिकामा गार्डियन माइक्रो लाइफको बीमा दर्ता कार्यक्रम सम्पन्न

३० कार्तिक २०८०, बिहीबार ११:२३

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो व्यापार व्यवसाय विस्तारमा व्यस्त रहेको छ । कम्पनीले विभिन्न स्थानीय तहहरुसँग सम्वनय गरी बीमा दर्ता कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

यसैक्रममा कम्पनीले वीरगंज महानगरपालिकामा बीमा दर्ता कार्यक्रम सञ्चालन गरेको छ । महानगरपालिकाको वडा नम्बर २० ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्ससँग सम्वनय गरी बीमा दर्ता कार्यक्रम आयोजना गरेको हो । कम्पनीले वडा स्तरीय १८ देखि ४० वर्षका युवाको बीमा दर्ता गरी उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

बीमा दर्ताको लागि उमेर खुलेको कागजात जस्तैः जन्मदर्ता, नागरिकता, चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र, पासपोर्ट तथा मतदानपत्र लगायतका परिचयपत्र आवश्यक रहेको कम्पनीले जनाएको छ । बीमा दर्ताको लागि मोबाइल नम्बर, इच्छाएको व्यक्तिको नाम र इच्छाएको व्यक्तिसँगको नाता लगायतका विवरण आवश्यक रहेको छ ।

वीरगंज महानगरपालिकाले आम नागरिकलार्ई बीमा सम्बन्धि जनचेतना अभिवद्धि गर्दै आएको छ । स्थानीय सरकारले आफ्ना नागरिकलाई बीमाको महत्वको बारेमा जानकारी दिने उदेश्यले विभिन्न कार्यक्रम गरिरहेको छ ।

May be an image of 6 people and text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*