अधिकांश विकास बैंकले मंसिर महिनाका लागि मुद्दती निक्षेको ब्याजदर घटाए

३० कार्तिक २०८०, बिहीबार १५:०७

काठमाडौं ।  अधिकांश विकास बैंकले मंसिर महिनाका लागि मुद्दती निक्षेको ब्याजदर घटाएका छन् । गरिमा विकास, साइन रेसुंगा, कामना सेवा, मुक्तिनाथ, महालक्ष्मी र ज्योती विकास बैंकले ब्याजदर घटाएका हुन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदमा यी पाँचवटै बैंकले मंसिर महिनाको लागि मुद्दति निक्षेपमा ९।४० प्रतिशत ब्याजदर रहेको उल्लेख गरेका हुन् ।

कार्तिक महिनामा औषतमा १०।२५ प्रतिशत रहेकोमा मंसिरमा घटेर औषत ब्याजदर ९।७४ प्रतिशतमा आएको हो । यी पाँच वटै बैंकले कात्तिकको तुलनामा मंसिरमा ०।८५ प्रतिशतले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

यो बाहेक लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकले भने ०।३५ प्रतिशतले ब्याजदर बढाएका छन् । यी दुई बैंकले कार्तिकमा १०।२५ प्रतिशत रहेको ब्याज बढाएर मंसिरका लागि १०।६० प्रतिशत पुर्याएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*