आशा लघुवित्तको निमित्त सीईओमा बद्रीप्रसाद दुलाल

१ मंसिर २०८०, शुक्रबार १०:५३

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बद्रीप्रसाद दुलाललाई नियुक्त भएका छन् ।

कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि यसअघि नायव बरिष्ठ प्रमुख कार्यकारी अधिकृत रहेका दुलाललाई उक्त जिम्मेवारी दिएको बताएको छ ।

कम्पनीले यसअघि सीईओ रहेकी जया लोहनीले स्वास्थ्यको कारण देखाएर पदबाट दिएको राजीनामा गत कात्तिक ३० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*