सिद्धार्थ बैंकको कहिले बस्दैछ साधारण सभा ?

१ मंसिर २०८०, शुक्रबार ११:१८

काठमाडौं । सिद्धार्थ बैंकले मंसिर ५ गते मंगलबार वार्षिक साधारण सभा डाकेको छ । सभा, आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

उक्त सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४।२१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ।

साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि उक्त सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २१ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*