लाभांश प्रस्तावसहित ग्लोबल आइएमई बैंकद्वारा साधारण सभा आह्वान

१ मंसिर २०८०, शुक्रबार ११:४५

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांस प्रस्ताव पारित गर्न आगामी मंसिर २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ९ बजेदेखि शुरु हुनेछ । सभाले प्रस्तावित एक प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साधारणसभाले सञ्चालक समिति पनि चयन गर्नेछ। संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन हुनेछन्।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक पनि निर्धारण गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*