एनएफआरएस १७ लागुपछि जीवन बीमा कम्पनीहरुको मुनाफामा उच्च वृद्धि, कुन कम्पनीको अवस्था कस्तो ? (सूची सहित)

१ मंसिर २०८०, शुक्रबार १४:४७

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा नेपालमा दर्ता भई कारोबार गर्दै आएका १४ जीवन बीमा कम्पनीहरुको खुद मुनाफा ३२ दशमलव ८३ प्रतिशतले बढेको छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरणले कम्पनीको नाफा बढेको देखाएको हो ।

जीवन बीमा कम्पनीहरुको मुनाफा वित्तिय विवरणमा प्रकाशित भएको विवरण अन्तिम हुँदैन । जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनको क्रममा मुनाफा हेरफेर हुनेछ । यद्यपि जीवन बीमा कम्पनीहरुको वित्तिय विवरणमा आधारित मुनाफाहरुको अवस्थाको बारेमा तथ्याङ्कलाई बीमापोष्टले प्रस्तुत गरेको हो ।

१४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ७१ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा एक अर्ब २९ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीहरुको मुनााफा गत आवको तुलनामा ३२ दशमलव ८३ प्रतिशतले बृद्धि भएको हो ।

जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १४ मध्ये सबै कम्पनीको खुद नाफा बढेको छ ।

समीक्षा अवधिमा हिमालयन लाइफले सबैभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा २४ करोड १३ लाख रुपैयाँ बराबर मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आवमा १७ करोड ८३ रुपैयाँ मुनाफा आर्जन गरेको थियो । गत आवको तुलनामा कम्पनीको मुनाफा ३५ प्रतिशतले बृद्धि भएको हो ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा सर्वाधिक अंकले बढेको छ । कम्पनीको मुनाफा गत आर्थिक बर्षको तुलनामा १०४० प्रतिशतले बढेको छ । चालु आवको आवको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा १०४० प्रतिशतले बढेर ३६ लाख रुपैयाँबाट चार करोड २० लाख रुपैयाँ पुगेको छ ।

दोस्रो नम्बरमा रहेको सूर्यज्योति लाइफ रहेको छ । कम्पनीको मुनाफा २६३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको मुनाफा यस अवधिसम्ममा तीन करोड ६३ लाख रुपैयाँबाट बढेर १३ करोड २१ लाख रुपैयाँ रहेको छ ।

सानिमा रिलायन्स लाइफको मुनाफा १२८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको मुनाफा गत आर्थिक वर्षमा चार करोड ८५ लाख रुपैयाँबाट बृद्धि भई ११ करोड १० लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, एलआइसी नेपालको मुनाफा ८८ प्रतिशतले बृद्धि भई तीन करोड १६ लाख रुपैयाँबाट पाँच करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा आइएमई लाइफको मुनाफा ७६.२१ प्रतिशतले बृद्धि भई सात करोड ३९ लाख रुपैयाँबाट १३ करोड तीन लाख रुपैयाँ पुगेको छ । यसका साथै, प्रभु महालक्ष्मी लाइफको मुनाफा ५३.६२ प्रतिशतले बृद्धि भई १० करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको मुनाफा ५३ प्रतिशतले बृद्धि भई १० करोड रुपैयाँ, एशियन लाइफको १४ प्रतिशतले बृद्धि भएर १६ कारोड रुपैयाँ, नेपाल लाइफको १५ करोड रुपैयाँ, मेट लाइफको नौ करोड रुपैयाँ, सन नेपाल लाइफको १६ करोड रुपैयाँ खुद नाफा आर्जन रहेको छ ।

वित्तीय विवरण अनुसार सन सिटिजन लाइफको मुनाफा सात करोड १४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको मुनाफा ११ करोड १९ लाख रुपैयाँ र नेशनल लाइफको मुनाफा १३ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*