वाणिज्य बैंकहरूको आधारदर घट्यो, कसको कति ?

९ मंसिर २०८०, शनिबार ११:४०

काठमाडौं । वाणिज्य बैंकहरूको औसत आधारदर घटेको छ । अहिलेसम्म ११ वा वाणिज्य बैंकहरूले आधार दर सार्वजनिक गरेको अवस्था छ । यी बैंकहरूको औसत आधार दर १०।१६ प्रतिशतबाट घटेर १०।०४ प्रतिशत भएको छ ।

अहिले पनि अधिकांश बैंकको आधार दर १० प्रतिशत माथि नै छ । केहीको भने १० प्रतिशतभन्दामुनि आएको छ । बैंकहरूले हरेक महिना अघिल्ला तीन–तीन महिनाको औसत आधार दर अनुसार कर्जामा व्याजदर लिने गर्दछन् ।

उता, कर्जाको व्याजदर क्रमिक रूपमा घटने क्रममा छ । आगामी पुस महिनामा थप घट्ने अनुमान गरिएको छ । बैंकहरूको कर्जा लगानीको वृद्धिदर सुस्तिएपछि मंसिरमा बैंकहरूले निक्षेपको व्याजदर घटाएका छन् ।

जसले पुँजी लागत घट्छ भने कर्जाको व्याजदर समेत घट्नलाई सहयोग गर्छ । बैंकहरूले मंसिरको लागि प्रकाशित व्याजदरमा प्रिमियम दर पनि घटाएका छन् । अहिले पनि धेरै बैंकको यस्तो प्रिमियम अधिकतम ५ प्रतिशत छ । एनआईसी एशिया, सिटिजन्स, एभरेष्ट, राष्ट्रिय वाणिज्य, सानिमा, नेपाल एसबिआई बैंकको अधिकतम प्रिमियम दर ५ प्रतिशतभन्दा पनि कम छ । एनआइसी एशिया बैंकको अधिकतम प्रिमियम दर सबैभन्दा कम (३ प्रतिशत मात्रै) छ ।

मंसिरका लागि कसको आधारदर कति ?
सानिमा बैंक ९.७७
नेपाल एसबिआई १०.०७
कुमारी बैंक १०.८९
सिटिजन्स बैंक १०.६४
लक्ष्मी सनराइज बैंक १०.७५
माछापुर्च्छे बैंक ९.९१
एनआइसी एशिया बैंक १०.७
ग्लोबल आइएमई बैंक १०.०१
सिद्धार्थ बैंक ९.६३
राष्ट्रिय वाणिज्य बैंक ८.६३
नेपाल बैंक लिमिटेड ९.३९

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*