गरिमा विकास बैंकको १७ औं वार्षिकोत्सवमा १७ सामाजिक कार्य गरी मनाइयो

८ मंसिर २०८०, शुक्रबार १४:११

काठमाडौं । गरिमा विकास बैंकले स्थापनाको १७ औं वर्षमा प्रवेश गरेको छ । बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । बैंकले सामाजिक उत्तर दायित्व अन्तर्गत देशका विभिन्न १७ वटा स्थानमा विधिध सामाजिक कार्य गरी मनाएको हो । बैंकले देशैभरि रक्तदान, सामाजिक सेवा सम्बन्धी कार्य गरेर आफ्नो स्थापनाको १७ औं बार्षिकोत्सव मनाएको छ ।

१७ औं बार्षिकोत्सवमा १७ सामाजिक कार्य सम्बन्धी विवरणः
१. रक्तदानः विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रमबाट १०९ युनिट रगत संकलन भएको छ ।
२. रक्तदानः विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट १५२ युनिट रगत संकलन भएको छ ।
३. रक्तदानः विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १०५ युनिट रगत संकलन भएको छ ।
४. गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, म्याग्दीमा न्यानो कपडा वितरण
५. श्री शिवपार्वती वृद्धाश्रम तथा बहुद्देश्यीय संस्था, स्याङ्जामा न्यानो कपडा वितरण
६. गुरुकुल वृद्धाश्रम स्याङ्जामा न्यानो कपडा वितरण
७. झापाको बिर्तामोड नगरपालिकाका सबै वडाका लागि डस्टबिन हस्तान्तरण
८. भृकुटीपथ टोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबिन हस्तान्तरण
९. श्री जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीका लागि स्कुल ब्याग वितरण
१०. अनाथ तथा असहाय महिला कल्याण समाज, रुपन्देहीको अनाथ आश्रममा आवश्यक इन्भर्टर हस्तान्तरण
११. प्रशान्ति वृद्धाश्रम केन्द्र (सुर्खेत)लाई आवश्यक बेड हस्तान्तरण
१२. ट्राफिक व्यवस्थापनलाई थप सहजीकरण हेतु क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना
१३. वित्तीय जागरुकताका लागि नेसनल इन्फोटेक कलेज, वीरगन्जमा वित्तीय साक्षरता कार्यक्रम आयोजना
१४. सेती प्रादेशीक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण
१५. काठमाडौंको बूढानीलकण्ठ मन्दिरलाई १०० थान कुर्सी हस्तान्तरण
१६. नेपाल प्रहरी अनाश्रित गुल्म, सुन्धारालाई भिजिटर कुर्सी हस्तान्तरण
१७. अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले १२३ शाखा कार्यालय र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । हालै प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकमा ग्राहकको संख्या करिब ८ लाख छ । बैंकका सिईओ गोविन्द प्रसाद ढकालले बार्षिकोत्सवको अवसरमा सम्पूर्ण लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल दिने गरी आगामी दिनमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । सिईओ ढकालले आम सर्वसाधारणलाई सरल र सहज बैंकिङ सेवा प्रवाह गर्दै अझै सुरक्षित र सरल बैंकिङ सेवामार्फत जनताको सेवामा समर्पित हुने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*