कुमारी बैंकको करिव १ लाख कित्ता शेयर बिक्रीमा

१० मंसिर २०८०, आईतवार ११:१०

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९१ हजार ६३८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी लिला बहादुर गुरुङ्गको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रारको कार्यालय नक्सालमा खरिद आवेदन दिन सक्नेछन् ।

तोकिएको समयमा विद्यमान कुनै पनि संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नआएको अवस्थामा उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने प्रक्रिया अगाडी बढाइने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*