एनआइसी एशिया लघुवित्तको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

१० मंसिर २०८०, आईतवार ११:३६

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले लभांश प्रस्तावसहित ६औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाको मंसिर ८ गते बसेको संचालक समितिको निर्णयले सभा पुष ६ गते, गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा आह्वान गरेको छ । सभा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले प्रस्ताव गरेको करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

साथै, सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर २४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*