लिबर्टी माइक्रो लाइफ पनि नेशनल पेमेन्ट स्वीचमा आबद्ध

१० मंसिर २०८०, आईतवार १७:०८

काठमाडौं । नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा भुक्तानीमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स पनि आबद्ध भएको छ । कम्पनीले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सो व्यवस्था लागू गर्न लागेको हो ।

यसका निम्ति कम्पनीतर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

जसअन्तर्गत लिबर्टी माइक्रो लाईफका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायतका कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सकिन्छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई मा हाल ५३ वटा सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने पीएसपीरपीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैर—बैंकिङ संस्थाहरु इन्डाइरेक्टरप्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

मर्चेन्ट बैंकिङ, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न एनपीएस अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*