कात्तिकमा लघु जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १८ लाख

१३ मंसिर २०८०, बुधबार १३:१६

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा १८ लाख कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको विवरण अनुसार चालु आवको कात्तिक महिनामा ३ वटा लघु जीवन बीमा कम्पनीहरुले १८ लाख ८ हजार कुल बीमा शुल्क आर्जन गरेका हुन ।

चालु आवको सोही अवधिमा क्रेष्ट माइक्रो लाइफले सर्वाधिक ८ लाख ९७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफले ८ लाख ३९ हजार र लिवर्टी माइक्रो लाइफले ७२ हजार कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*