आरविवि सेक्युरिटिज कम्पनीको प्रथम साधारण सभा पुस १३ मा, बुक क्लोज कहिले ?

१४ मंसिर २०८०, बिहीबार ०९:२६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक अर्थात् आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडको पहिलो वार्षिक साधाण सभा पुस १३ गते हुने भएको छ ।

सञ्चालक समितिको मंसिर १२ गते बसेको २०औं बैठकले आगामी पुस १३ गते शुक्रबार साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा हुने तय भएको छ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि पुस २ गते बुक क्लोज राखिएको र पुस १ गतेसम्म शेयर नामसारी भएका शेयरधनीहरुले मात्रै साधारण सभामा सहभागिता जनाउन पाउने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*