यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

१४ मंसिर २०८०, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज १८ दशमलव ०६ अंकले घटेर १८५८ को विन्दुमा कायम भएको छ ।

शेयर बजार ओरालो लागेता पनि आज केही कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । बिहीबार रुरु जलविद्युत परियोजनाको शेयरमूल्य ५.६३ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।

त्यस्तै, बिहीबार एनआइबिएल प्रगती फण्डको ३.८७ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड २ को ३.५२ प्रतिशत, एनआइसी एशिया फ्क्लेसी क्याप फण्ड लगायत ३२ कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*