गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा.प्रकाशशरण महतबीच बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल

१४ मंसिर २०८०, बिहीबार १४:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा प्रकाशशरण महत बीच बिहीबार भेटवार्ता भएको छ । उक्त अवसरमा गभर्नर अधिकारी र mअर्थमन्त्री महत बीच मुलुकको बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल भएको छ।साथै मौद्रिक नीतिको समीक्षा बारे पनि छलफल भएको बताइएको छ। यसैगरी सोही अवसरमा उनले अर्थमन्त्री समक्ष आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पनि बुझाएका छन् ।

उक्त प्रतिवेदनका अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९र ८० मा ८७ अर्ब बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ। आर्थिक वर्ष २०७९र०८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४४८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा राष्ट्र बैंकको खुद नाफा २९।२५ प्रतिशतले बढी हो । गत वर्ष राष्ट्र बैंकको खुद नाफा ६१ अर्ब ९८ करोड रुपैयाँ थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*