राष्ट्र बैंकका ५ कार्यकारी निर्देशकको सरुवा, जिम्मेवारी दिँदा गभर्नर अधिकारीले विभेद गरेको भन्दै तीब्र असन्तुष्टि

१४ मंसिर २०८०, बिहीबार १६:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पाँच जना कार्यकारी निर्देशक (इडी)को सरुवा गरेका छन् । गभर्नर अधिकारीले राष्ट्र बैंकको १८ विभागका कार्यकारी मध्ये पाँच जनाको सरुवा तथा पदस्थापन गरेका हुन् । गैरबैंकिङ वित्तीय संस्थाको कार्यकारी निर्देशकबाट प्रदीपराज पौडेललाई मुद्रा व्यवस्थापन विभाग पठाइएको छ ।

मुद्रा व्यवस्थापनका प्रमुख नरेश शाक्यलाई सूचना प्रविधि विभाग र वित्तीय संस्था सुपरीवेक्षण विभागका विश्रुत थापालाई बैंकिङ विभाग पठाइएको छ । गभर्नर अधिकारीले बैंकिङ विभागका प्रमुख दयाराम शर्मालाई वित्तीय संस्था सुपरीवेक्षण विभागको जिम्मेवारी दिएको बताइएको छ ।

सूचनाप्रविधि विभागका रामबहादुर मानन्धर भने गैरबैंकिङ वित्तीय संस्था विभाग पुगेका छन् । सरुवामा गभर्नर अधिकारीले कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै केही उच्च पदस्थहरुले असन्तुष्टि पोख्न सुरु गरेका छन् ।

गभर्नरले कर्मचारीको सरुवा मै विभेद गरेको भन्दै राष्ट्र बैंकभित्र विभाजनले डेरा हालेको छ । कसैलाई पाँच वर्षसम्म प्रभावकारी विभाग दिने र कसैलाई कमजोर विभाग लगेर थन्क्याउने व्यवहार देखाएको भन्दै गभर्नर अधिकारीको तीब्र आलोचना सुरु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*