नोटमा हस्ताक्षर गर्ने गभर्नरको कति हुन्छ तलब ? अन्य उच्च तहका कर्मचारी तलब सहित

१४ मंसिर २०८०, बिहीबार १८:१५

काठमाडौं । नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ? सबैलाई यसबारे जिज्ञास लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा अन्तगर्त झण्डै ७० लाख रुपैयाँ बुझेका छन् । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा हेर्दा प्रतिमहिना ५ लाख ७ हजार ६११ रुपैयाँ ३३३ पैसा प्राप्त गर्ने देखिन्छ ।

गत वर्ष गभर्नर महाप्रसाद अधिकारीले उनले १६ लाख ३२ हजार तलव, ४ लाख १४ हजार बैठक भत्ता र अन्य भत्ता अन्तर्गत ४० लाख ४५ हजार गरि कुल ६० लाख ९१ हजार बुझेका हुन् ।

त्यस्तै डेपुटी गभर्नर निलम ढुंगानाले ५७ लाख २ हजार बुझेका छन् । भने अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले ५३ लाख भत्ता बुझेका छन् ।

संचालकहरुले २ करोड बढी तलव भत्ता बुझेका छन् । राष्ट्र बैंकको लेखापरिक्षण गरिएको वित्तीय विवरण अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष ७९/८० मा संचालकहरुको तलव भत्तामा २ करोड ५ लाख ८२ हजार १ सय २६ रुपैयाँ खर्च गरेको हो।
यसमा संचालकहरुको तलव, बैठक भत्ता र अन्य भत्ता तथा सुविधा समावेश छ । राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर, अर्थ सचिव र नेपाल सरकारले तोकेका सदस्यहरु संचालक हुने व्यवस्था छ । अर्थ सचिव परिवर्तन भईरहेने हुँदा गत वर्ष ४ जना अर्थ सचिवले भत्ता बुझेका छन् । गभर्नर, र डेपुटी गभर्नरले राष्ट्र बैंकका उच्च तहको कर्मचारीको हैसियतमा तलव पनि बुझ्ने गर्छन् ।

हेर्नुहोस् तलबभत्ताको सूचीः

One thought on “नोटमा हस्ताक्षर गर्ने गभर्नरको कति हुन्छ तलब ? अन्य उच्च तहका कर्मचारी तलब सहित

  1. Sharo Kumar says:

    बार्सिक 70 लाख खाने नेपाल रास्ट्र बैकको गभर्नरले बेलामा आफ्नो काम नगरेकोले आर्थिक क्षेत्रमा अन्यौलता छाएको छ। तलब भत्ता मनग्ये बुझ्ने तर बेलामा आफ्नो काम नगर्नेले राजीनामा दिनुपर्छ लाज र नैतिकता छ भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*