४ सय रुपैयाँदेखि नै लघुवित्तको शेयर खरिद गर्न सकिने (सूचीसहित)

१६ मंसिर २०८०, शनिबार ०७:२०

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अर्थात विहीबार शेयर बजार घटेको छ । राष्ट्र बैंले मौद्रिक नीतिको समीक्षामा गरेको ढिलाई नै शेयर बजार बढ्न नसकेको जानकार बताउछन् ।

बिहीबार शेयर बजार १८.०६ अंकले घटेर १८५८ दशमलव ५३ को विन्दुमा कायम भएको छ । त्यस्तै, यस दिन माइक्रोफाइनान्स उपसूचक पनि ०.६५ प्रतिशतले घटेर ३२६४.९२ को विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार बिहीबार कारोबार भएका ५४ लघुवित्त कम्पनीहरुमध्ये ११ वटाको बढेको छ र ४१ कम्पनीको घटेको छ । साथै, २ कम्पनीको चाही सोही मूल्यमा शेयर कारोबार भएको छ ।

बिहीबार छिमेक लघुवित्तको ३.४१ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । त्यस्तै, मिथिल्ला लघुवित्तको २, महुली लघुवित्त लगायतका कम्पनीको शेयरमुल्य बढेको छ ।

त्यस्तै, बिजया लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेर सबैभन्दा बढी अंकले शेयरमूल्य घटेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*